दाङ, २१ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको मनोवल उच्च राख्नका लागि राज्यले बैक ब्याज, राजस्व छुट दिन माग गरेको छ ।
कोरोनाका त्रासले सबै व्यवसाय ठप्प भएको वेला संघका अध्यक्ष नारायणप्रसाद भुसाल तथा संघका महासचिव नरेश कार्कीले शुक्रवार एक विज्ञप्ती जारी यस्तो माग गरेका हुन् ।
विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको अवस्थामा नेपाल सरकारले यही चैत ११ गते वाट देशभरी लकडाउन गरी रहेकोे यस विषम परिस्थितीमा निजी क्षेत्र अत्यन्त प्रभावित भइ उद्योगी तथा व्यवसायीहरु सडकमा आउने अवस्था सिर्जना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै घर वेटीहरुले भाडामा वसेका उद्योगी व्यवसायीहरुलाई लकडाउनको अवधिभर घर भाडा छुट गरिदिन आग्रह गरिएको छ ।











