काठमाडौ, १५ चैत । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदैछ । कोरोना भाइरस परिक्षणका लागि आवश्यक किट्स, पिपिई, औषधि र अन्य मेडिकल उपकरण ल्याउन आज दिउँसो चीन प्रस्थान गर्न लागेको हो ।
ती समाग्री लिएर जहाज शुनिबार साढे १२ बजे चिनको गोन्झाउका लागि प्रस्थान गर्ने छ । जहाजमा निगमका उडान दलका १० जना सदस्य मात्र रहने छन् ।
करिब २ घन्टा मेडिकल सामग्री लोड गरेपछि स्थानीय समय अनुसारत रातिको ८ बजेर ५५ मिनेटमा नेपालका लागि उडान गर्नेछ ।











