सुर्खेत, १४ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्रीको स्वकिय सचिवालयमा कार्यरत कर्मचारीहरूले १ महिनाको पारिश्रमिक जम्मा गर्ने भएका छन् ।

karnali-pradeshमुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माको समन्वयमा शुक्रवार विहान वसेको स्वकिय सचिवालयको वैठकले १ महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

स्वकिय सचिवालयको मुख्य पदमा कार्यरत ५ जनाले आफुले पाउने १ महिनाको पारिश्रमिक रकम कोषमा दाखिला गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेमवहादुर सिंहले जानकारी दिए ।

सचिवालयको मुख्य पदमा कार्यरत ५ जनाको १ महिनाको पारिश्रमिकमा सामाजिक सुरक्षा कर कट्टी गरेर प्राप्त हुने रकम १ लाख ९८ हजार आठ सय नव्वे रूपैयाँ कोषमा दाखिला गरिने उनले बताए