दिल्ली, ४ चैत । भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या तीन पुगेको छ । पहिले २ जनाको मृत्यु भएकोमा थप एक जनाको मृत्यु भएपछि संख्या ३ पुगेको हो ।
भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ ।
भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए ।भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।











