दाङ,२८ फागुन । दाङको घोराहीमा गयराती एक हार्डवयर पसलमा चोरी भएको छ । घोराही उप महानगरपालिका वडा नम्वर १५ नवबिहानी टोल स्थित दंगाली हार्डवयरमा गयराती चोरी भएको हो ।
अशोक कुमार चौधरी र जिवन श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गर्दै आएको पसलको भित्ता फोडी चोरी गरेको पिडितहरुले जानकारी दिए ।
चोरले सिमेन्ट जडान गरिएको भित्ता फोडेर पसलमा रहेको ७० हजार नगद र एक थान ल्यापटप लगेको पिडित अशोक कुमार चौधरीेले जानकारी दिए । घटनाका वारेमा प्रहरीलाई जानकारी गराएको र प्रहरीले अनुशन्धान थालेको बताइएको छ ।











