तिर्थराज ज्ञवाली
देउखुरी, १६ फागुन । दाङको राप्ती गाउँपालिका नेपालकै दोस्रो सडक मानव मुक्त गाउँपालिका घोषणा भएको छ । विहिवार एक समारोहका विच प्रदेश नं। ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरेका हुन् ।

IMG_8734राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको घोषणा कार्यक्रम गाउँपालिका क्षेत्रका विभिन्न बजार क्षेत्रबाट सडकमा रहेका असहाय, अभिभावक विहिन र आफन्तजनबाट टाढिएकाहरुले सडकलाई नै आश्रयस्थल गराईरहेकाहरुलाई अयियान नै संचालन गरेर उद्धार गरिएपछि गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणा गरिएको हो ।

घोषणासभामा प्रदेश ५ का सामाजिक विकास मन्त्रि सुर्दशन बरालले अब कसैले सडकलाई घर बनाउनु नपर्ने बताए । प्रदेश सरकारले गत आर्थिक बर्षबाटै सडक मानव मुक्त बनाउनको लागि नीति बनाइसकेको जानकारी दिदै उनले केही समय भित्रै प्रदेशका सबै जिल्लालाई मानव मुक्त जिल्ला घोषणा गर्ने जानकारी दिए ।