चितवन, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा नभए पनि अर्थमन्त्री डा.युबराज खतिवडालाई कायम राख्न पाउने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् ।

puspa_kamal_dahal_prachandaनेपाल पोल्ट्री महासंघको आयोजनामा चितवनको आज बाट भरतपुरमा शुरु भएको राष्ट्रिय पोल्ट्री एक्स्पोको उद्घाटनका लागि चितवन आइपुगेका प्रचण्डले त्यस्तो अधिकार प्रधानमन्त्रीमा निहीत रहेको उल्लेख गर्दै पार्टी निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए ।

बामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त एक पदमा पठाउने पार्टी सचिवालयले गरेको सिफारिस सम्बन्धमा उनले यो पार्टीको आधिकारिक र सर्वसम्मत गरेको निर्णय भएको बताए ।