इन्द्रेणी संवाददाता
दाङ, १२ फागुन । दाङमा पछिल्लो चरणमा पाकिङ् गरेर राखिएका मोटरसाइकलहरु चोरी हुने क्रम बढेको छ । विभिन्न व्यीक्तहरुले ती माटरसाइकलहरु चोरेर लैजाने र प्रहरीले सक्रियता देखाएपछि विचमै अथवा कुनै स्थानमा वेवारिसे अवस्थामा छड्ने गरेका छन् ।

moo यसैक्रममा जिल्ला प्रहर िकार्यालयले आज मात्रै चोरी भएका तीन वटा मोटरसाइकल वत्तालगाएर मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ । घोराही ४ सुनपुर बस्ने प्रदिप सुवेदीको रा ४ प ६३३ नम्बरको मोटरसाइकल, सोही ठाउँका राजु सुवेदीको रा ४ प २६५२ नम्बरको मोटरसाइकल र घोराही १४ का सुभाष चन्द्र बुढाथोकीको रा १ प ५०८२ नम्बरको मोटरसाइकल धनीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहर िकार्यालय दाङले जनाएको छ ।