इन्द्रेणी संवाददाता
दाङ, १२ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको छ । उनलाई आज भालुवाङ, सिसहनिया र लमहीमा भव्य स्वागत गरेका हुन् ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जवरजस्तीको प्रयास गरेको आरोपमा थुनिएका महरालाई काठमाडौं जिल्ला अदातलले निर्दाेष ठहर गर्दै सफाइ दिएपछि उनी मतदातासँग छलफल गर्न दाङ आउने क्रममा उनलाई स्वागत गरिएको हो ।
महरालाई भालुबाङ बजारस्थित सहिद कृष्ण सेन इच्छुकको सम्झनामा निर्मित ‘इच्छुक चोक’मा इच्छुकका साथीहरुले भव्य स्वागत गरेका हुन् । त्यहाँ आयोजित संक्ष्ँिप्त कार्यक्रमलाई सम्बोधन गर्दै महराले आफूप्रति दंगाली जनताले देखाएको सदभावप्रति कृतज्ञाता प्रकट गर्दै अब जीवनभर दंगाली जनताको हितमा काम गर्ने बताएका थिए । महरा दाङ क्षेत्र नं. २ ‘क’ बाट प्रत्येक्ष निर्वाचित सांसद पनि हुन् ।












