रूकुम, १२ फागुन । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित चित्रीपाटनसम्म पुग्ने पर्यटन पदमार्ग निर्माण गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यको सूचीमा परेको चित्रीपाटन पुग्न गोतामकोटको कालिकादेखि मालिकासम्म ५०० मीटर पदमार्ग निर्माण गरिएको हो ।
कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रू। ६५ लाख लागतमा निर्माण भएको उक्त पदमार्गमा ६१३ ओटा सिँढी छन् । चित्रीपाटन प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेकाले पर्यटन पदमार्ग निर्माण गरिएको आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले बताए ।
गोतामकोट पर्यटकीय दृष्टिकोण र कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको पर्यटन प्रवद्र्धनका पदमार्गले सहयोग पु¥याउने उनको भनाइ । ‘उक्त पदमार्गलाई चित्रीपाटनसम्म जोडेर होटल सञ्चालन, मन्दिर निर्माण तथा खेलकुद आयोजना गरिने गाउँपालिकाको योजना छ,’ उनले भने ।
कृषि उत्पादन र पर्यटनको माध्यमद्वारा गोतामकोटको विकास गरी गाउँको रोजगारी सृजना गर्ने उद्देश्यले नगरपालिकाले अहिले विकासको योजना बनाइरहेको छ । कर्णाली प्रदेशको जुम्लामा रहेको सिन्जापछि दोस्रो सुन्दर गोतामकोटलाई थप पर्यटकीय क्षेत्र बनाउन यसक्षेत्रको भौतिक पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्ने कर्णाली पर्यटन बोर्डका सदस्य पहलसिंङ घर्ती मगरको भनाइ छ । अभियानबाट











