इन्द्रेणी संवाददाता
दाङ, १२ फागुन । प्रदेश ५ सरकारको आयोजनामा दाङको वेल्झुण्डीमा आयोजना गरेको प्रदेश ५ स्तरीय ‘एक्स्पो’ को आज अन्तिम दिन हो । एक्स्पोमा प्रदेशका १२ वटै जिल्लाको उल्लासमय सहभागीता छ । विभिन्न आफ्ना गाउँठाउँका संस्कृतिहरुको प्रदर्शनी गरिएको छ ।
एक्स्पोमा ड्रोनबाट मल र विषाधि छर्नेदेखि विभिन्न आधुनिक प्रविधिलाई पनि सिक्ने र सिकाउने प्रविधिका रुपमा राखिएको छ ।
यसैबीच आज तुलसीपुर उपमहानगपालिकाले एक्स्पोमा सहभागी हुनका लागि आग्रह गर्दै आफ्नो मातहतमा रहेका संस्थागत तथा सामु्दायिक विद्यालयसमेत बन्द गर्न आह्ना गरेको छ ।











