दाङ, १३ फागुन । रोटरी क्लव अफ एलडरसट इङ्ल्यान्डका सदस्य पवित्र केसीले रोटरीको निस्वार्थ भावले सेवा गर्ने शैलीबाट आफु प्रभाबित भएर इङ्ल्यान्डमा रहेर पनि त्यहाँको स्थानिय क्लबमा आवद्द भई सेवामुलक सामाजिक कार्यमा लागेको बताएकी छन् ।
रोटरी क्लव अफ तुलसीपुर सिटीले आयोजना गरेको कार्यक्रममा केसीले यस क्लबले गरेका सम्पूर्ण गतिबिधिहरु उल्लेखनिय रहेको र विशेषगरी समाजसेवा र मानविय धर्म प्रति लक्षित रहेर क्लबले संचालन गरेको कार्यको खुलेर प्रशंसा गरिन् ।











