इन्द्रेणी संवाददाता
दाङ घोराही १५ स्थित किड्स केयर मन्टेश्वरी स्कुल दोस्रो बर्षमा प्रवेश गरेको अबसरमा बार्षिकित्सव कार्यक्रम सम्पन्न गरेको छ ।

किड्स केयर मन्टेश्वरीका अध्यक्ष नेत्र प्रकाश पान्डेयको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अथिती घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेश पान्डेयले समाजमा बिद्यालयले सामाजिक तथा नैतिक ब्याबहार सिकाउनु पर्ने कुरा बताए ।

प्रमुख अथितीको आसनबाट बोल्दै अध्यक्ष पान्डेयले बिद्यालय भनेका समाजका अंगको रुपमा काम गर्ने संस्था भएकाले सामाजिक बिषय बस्तु सिकाउन बिद्यालय जागरुप हिनुपर्ने कुरा बताउदै त्यसका लागि किड्स केयर मन्टेश्वरीले अतुलनीय भुमिका निर्वाह गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अथिती निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन प्याब्सन घोराही उपमहानगरपालिका उपाध्यक्ष केशरमान बुढाथोकीले नेपालको शिक्षा क्षेत्रको बिकासका लागि निजी लगानीमा संचालित बिद्यालयको भुमिका अतुलनीय रहेको बताए ।

निजी लगानीमा संचालित मन्टेश्वरी बिद्यालयहरुले अहिले खासै मन्टेश्वरी बिधिबाट अध्यापन नगराई खाली नाममा मात्र मन्टेश्वरी राखेको पाइएकाले यस्ता बिद्यालयहरुले मन्टेश्वरी बिधिबाट नै अध्यापन गराउन जोड दिदै बिशिस्ट अतिथी बुढाथोकीले किड्स केयर मन्टेश्वरीले मन्टेश्वरी बिधिबाट अध्यापन गराएको बताए ।

त्यस्तै कार्यक्रमका अर्का बिशिस्ट अथिती प्रतीक्षा गौतमले बिद्यालयले यहाँका कोमल नानीबाबुहरुलाइ गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउदै यस्ता बिद्यालय संग आफुले सहकार्य गरेर जान तयार रहेको बताइन

बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयको अध्यक्षतामा सुसम्पन्न भएको कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न नृत्य तथा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने कार्यक्रम सहजीकरण बिद्यालयकी प्रिन्सिपल सुनिता अधिकारीले गरेकी थिइन ।