काठमाडौं, ७ फागुन । आज फागुन ७ अर्थात नेपाली जनताले निरकुंश राना शासनबाट मुक्ति पाएको दिन प्रजातन्त्र दिवस । यो दिवस देशभर आज विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
२००७ सालमा जहानिया राना शासनको अन्त्य भएर नेपालमा प्रजातन्त्र स्थापना गरिएको थियो । आजको दिन दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमालगायतका शहीदहरुलाई सम्झना गरिन्छ । आज काठमाडौंमा भव्य समारोहका विच यो दिवस बनाइदैछ ।











