शालिकराम मुसाफिर
मानपुर, ५ फागुन । तुलसीपुर वडा नं. १६ र १७ मा गठन भएको नगर विकास कोषको मूल समितिको अध्यक्षमा गिरीराज पाण्डेय निर्वाचित भएका छन् । मूल समितिको शनिबार मानपुरमा भएको पाँचौं अधिवेशनबाट पाण्डेय सर्वसम्वतरुपमा अध्यक्षमा चयन भएका हुन् ।
समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष शान्ता भट्टराई, सचिव शालिकराम मुसाफिर, कोषाध्यक्ष रुद्र बहादुर के.सी. निर्विरोध निवाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा विष्णु बहादुर वली, डम्बर बहादुर व ली, शुक बहादुर बस्नेत, रमेश बस्नेत, गायत्री गिरी, ज्ञानी बस्नेत र विरवल के.सी.निर्विरोध निवाचित भएका छन् ।
मूल समितिका अध्यक्ष राम बहादुर वलीको अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भूप बहादुर के.सी.को प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त अधिवेशनमा वार्षिक प्रगति प्रतिवेदन सचिव गिरीराज पाण्डेय र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रुद्र बहादुर के.सी. प्रस्तुत गरेका थिए ।
कार्यक्रम मूलसमितिकी परिचालिका शिवा बुढाथोकी, अमर खड्का, शालिकराम मुसाफिर, राजेन्द्र के.सी., विष्णु बहादुर वली लगायतका वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिएको । कार्यक्रमको सञ्चालन सचिव गिरिराज पाण्डेयले गरेका थिए ।











