काठमाडौं, ५ फागुन। संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको पूयास गरेको आरोपमा थुनाउमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ ।

sabhamukh maharaपूर्वसभामुख महराविरुद्धको अन्तिम सुनुवाइ आइतबार सकिए पनि फैसला आज हुने भएको हो । महराको मुद्दा हेर्दाहेर्दैमा राखिएकाले आज फैसला हुने जिल्ला अदालत काठमाडौंका प्रवक्ता आनन्दकुमार श्रेष्ठ बताए ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो । हाल महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।