काठमाडौ, ५ फागुन । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तुम्बाहाङ्फलाई दिएका हुन् ।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङ्फेले आज साढे तीन बजे शपथ लिने छन् ।











