काठमाडौं, १ फागुन । डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली नगद घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनी दुबै जनालाई २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार टोलीले जनाएको छ ।











