इन्द्रेणी संवाददाता
दाङ, १९ माघ । नेपाल पत्रकार महासंघ, दाङले शाखाका सहसचिव गोकर्ण पौडेल माथि भएको कुटपीटको घटाप्रति ध्यानाकर्षण भएको जनाएको छ । माघ १८ गते माघ पौडेलमाथि भएको कुटपीटिकाले घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीका लागि महासंघले सम्बन्धीत निकायलाई अनुरोध गरेको छ ।

Fnjबबई गाउँपालिका स्थित रेडियो हापुरे नजिक सोही ठाँउका मोहन भण्डारी र सागर सुनारीले पौडेलमाथि कुटपीट गरेका थिए । रेडियोबाट निस्केर कोठामा जाँदै्र गर्दा एक्कासी आएर उनीहरुले पौडेल माथि कुटपीट गरेका थिए ।

प्रहरीले आइतबार बिहान कुटपीट गर्नेहरुलाई पक्राउ समेत गरेको छ । महासंघले जारी विज्ञप्तिमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरितका यस्ता घटनाप्रति हामी घोर निन्दा प्रकट गर्दछौ ।” आगामी दिनमा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै दोषीमाथी हदैसम्मको कानुनी कारबाही गर्न प्रशासनसँग माग पनि गरेको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ ले पनि विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । महासचिव भेषराज वस्नेतले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

यसैबीच प्रेस संगठन दाङका संयोजक प्रकाश चौधरी र सहसंयोजक जेएन सागरले पनि विज्ञप्ति जारी गरी प्रेस संगठन नेपालका पाँच नम्वर प्रदेश सदस्य तथा नेपाल पत्रकार महासंघ, दाङ शाखाका सहसचिव गोकर्ण पौडेलमाथि कुटपीट गर्नेलाई कडा कारवाहीको माग गरेका छन् ।
‘कुटपिटप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरितका यस्ता घटनाप्रति हाम्रो संगठन घोर भत्र्सना गर्दछ । आगामी दिनमा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै दोषीमाथि कानुनी कारबाही गर्न प्रशासनसँग माग गर्दछौं ।’