सल्यान, १९ माघ। सल्यानमा ट्राफिक प्रहरीले नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकबाट रू २० लाख ७ हजार ५०० राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नियमविपरीत सवारी चलाउने २ हजार ४०७ चालकलाई कारबाही गरी उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
ट्राफिक प्रहरीका अनुसार साउनमा ३६५ सवारीसाधन कारबाहीबाट रू २ लाख ३९ हजार ५०० राजस्व संकलन भएको छ । यस्तै भदौमा ४१२ कारबाहीबाट रू २ लाख ९८ हजार, असोजमा ३७५ कारबाहीबाट रू २ लाख ६७ हजार, कार्तिकमा ४२५ कारबाहीबाट रू ३ लाख ७८ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख सन्दीप विकले जानकारी दिए ।
मंसिरमा ४६६ कारबाहीबाट रू ४ लाख ५५ हजार ५०० र पुसमा ३६४ कारबाहीबाट रू ३ लाख ६९ हजार राजस्व संकलन भएको छ । यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल चालक कारबाहीमा परेको विकले बताए । उनका अनुसार ६ महीनाको अवधिमा ९१९ मोटरसाइकल, ४९६ जीपकार, ४६५ बस, ३१६ ट्रक र २११ ट्र्याक्टर चालक कारबाहीमा परेका छन् । हेल्मेट नलगाउने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, क्षमताभन्दा धेरै यात्रु तथा सामान बोक्ने, सवारी चालक अनुमतिपत्रविना सवारीसाधन चलाउने चालक कारबाहीमा परेको उनको भनाइ छ । अभियानबाट











