इन्द्रेणी संवाददाता
घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा “स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यावसाय विस्तार” भन्ने नाराका साथ दाङको घोराहीमा चलिरहेको नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रवर्द्धन व्यापारिक एवम कृषि औद्योगिक महोत्सवमा दर्शनको घुइँचो लागिरहेको छ ।
दश दिन सम्म चल्ने महोत्सव सुरु भएको आज छैठौं दिन हजारौं दर्शकहरुले महोत्सव अवलोकन गरेको द अफ कमर्सका अध्यक्ष श्रीधर महराले बताए ।
महोत्सव सुरु भए देखि नै विभिन्न राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु आएर मनोरञ्जन प्रदान गरिरहेको महोत्सवमा आज बिहीवार लोकप्रिय गायक बद्री पंगेनी,गायक प्रेम प्रकाश मल्ल, गायक प्रेम शर्मा ,गायिका देवकला बस्नेत, नृत्याङ्गना अञ्जली अधिकारी लगायतकाका कलाकारहरुले महोत्सवमा मनोरञ्जन प्रदान गरेका थिए ।
विभिन्न नृत्य तथा गायन प्रतियोगिता समेत भइरहेको महोत्सवमा शुक्रबार जनगायक जीवन शर्मा, गायक तिलक ओली, बिक्रम राणा, ढाकाराम पौडेल, रोशन रत्गैंया लगाएतका कलाकारहरु आउने आयोजकले जनाएको छ ।











