तुलसीपुर, १६ माघ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी ‘घुम्न जाउं तुलसीपुर’ अन्तर्गत तुलसीपुरमा मिनिम्याराथन प्रतियोगिता आज सम्पन्न भएको छ ।
तुलसीपुर—अमिलिया सडक खण्डको विरेन्द्र चौकबाट सुरु भएको प्रतियोगिताका सहभागीहरु टरिगाउँं विमानस्थलसम्म पुगेर फेरि महोत्सवस्थल हात्तिखौवामा आइपुगेका थिए ।
प्रतियोगितामा पुरुषतर्फ अरुण केसी प्रथम, असोक सुनुवार राइ द्धितीय, रविन वली तृतीय भएका थिए । महिलातर्फ सिमा चौधरी प्रथम, सर्मिला घर्ती द्धितीय र अनिसा चौधरी तृतीय भएकी थिइन् ।
आयोजक समितिले प्रथम महिला पुरुष दुवैलाई ७ हजार, द्धितीयलाई ३ हजार ५ सय र तृतीय हुनेलाई २ हजार ५ सय पुरस्कार प्रदान गरेको छ ।











