इन्द्रेणी संवाददाता
दाङ, १६ माघ । दाङमा प्रहरीले जुवाको खालबाट पाँच जनालाई पक्राउ गरेको छ । तुलसीपुर १८ नवलपुरस्थित मिनराज घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा ३७ हजार ५ सय ४० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

juwa-ko-khal-620x330पक्राउ पर्नेहरुमा वंगलाचुली ५ का तिलक पुन, घोराही १८ का दानबहादुर बुढा, घोराहीकै अजय विक, पहल राइ र देवबहादुर पुन मगर रहेका छन् ।