इन्द्रेणी संवाददाता
काठमाण्डौ, २५ असार
नेकपा माओवादी केन्द्रको मजदुर संगठनहरुको एकता अधिवेसन आज गर्ने भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको छैठौं महाधिवेशनका रुपमा आज एकता अधिवेसन गर्न लागिएको हो । बिहान ११ बजे अधिवेसनको उद्घाटन काठमाण्डुको एउटा पार्टी प्यालेसमा गरिनेछ । Workers

आज र भोलि काठमाडौंमा हुने महाधिवेशनले अघिल्लो समितिका अध्यक्ष शालिग्राम जमरकट्टेलकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्नेछ ।  संगठनको नाम अखिल नेपाल ट्रेड युनियन महासंघ नै रहने भएको छ । महासंघ तत्कालीन एकीकृत नेकपा माओवादीको मजदुर संगठन हो ।

पार्टी एकता भन्दा पहिला नै महाधिवेशनको मिति तय गरेकाले अरु पार्टीका मजदुर संगठनहरुलाई पछि मात्रै समाहित गरिएको छ । एकता प्रक्रियामा आएका १० वटा समूहमध्ये ३ वटाको मात्र मजदुर संगठन छ ।।