रेखा मगर
दाङ, २५ असार
दाङमा एक महिलाले आफ्नै भदैको हत्या गरेकी छन । बिजौरी गाविस २ सक्रामकी २६ वर्षिया गोमति खत्रीले भदै ८ वर्षिय दिपक खत्रीको हँसिया हतिया प्रहार गरी हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ । morder

२६ वर्षकी ति युवतिको मानसिक सन्तुलन ठिक नहुँदा यस्तो घटना घटेको प्रहरी वताँउछ । उनले आफ्नै भदैको हत्या गर्ने समयमा घरमा कोही पनि थिएनन । प्रहरीका अनुसार ति वालक स्कुलवाट घर फर्केर आएपछि फुपुसंगै थिए । अनी वालककी फुपुले घरमा कोही नभएको मौका छोपी दिपको पेट र घाँटीमा हसिया पहार गरिन ।

वालक नमर्दासम्म उनी त्यहि थिइन तर मृत देखेपछि उनी त्यहाँवाट फरार भइन । त्यतिवेला वालकका वुवा तिलक खत्री लगाएत घरका सवै जना खेतमा धान रोप्न गएका थिए । हत्याका अभियुक्त गोमतिको मानसिक सन्तुलन ठिक नभएको एसपी सिंहले वताउनुभयो । हत्यामा संलग्न गोमति फरार रहको र खोजीकार्य तिव्र पारिएको प्रहरीले वताएको छ । घरमा खुशी हेर्दै छोराकै लागी भनेर खेति किसानी गर्ने ति वावुआमा शोकमा डुवेका छन ।

यसैविच, केहि दिन पहिले पनि देउखुरीको रिहारमा भएको एक महिलाको हत्यामा संलग्नलाइ प्रहरीले अझैं पक्राउ गर्न सकेको छैन । सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको किराना पसलमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । केहि दिन यता दाङमा हत्याका घटना वढेका छन ।

उता, देउखुरीको राप्ती नदीमा मृत अवस्थामा फेला परेकी एक महिलाको महिलाको शव अझै पहिचान हुन सकेको छैन । गएको बुधबार साँझ राप्ती नदीको ईन्टेकमा मृत फेला परेकी एक महिलाको शव कसरी त्यहाँ आइपुग्यो र कस्को हो भन्ने वारे केहि खुल्न नसकेको हो । मृतक महिलाको शब पोष्टमार्टम गरी प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।।