दाङ, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट लोकतान्त्रिक राष्ट्रिय मोर्चा दाङको एकता भेला तथा सम्मेलन एवं सपथ ग्रहण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । दाङको घोराहीमा रहेको नेपाल मगर संघको सभाहलमा कार्यक्रम भएको हो ।

12भेलाको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले उद्घाटन गरेका थिए । एकता प्रक्रियाका क्रममा जिल्लामा मगर मोर्चाको प्रथम भेला भएको हो । मोर्चाका जिल्ला संयोजक प्रेम बाठा मगरको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतित्यता एवं मोर्चाका केन्द्रीय अध्यक्ष भोजबिक्रम बुढा मगरको बिशिष्ट आतिथ्यतामा भेला भएको हो ।

भेलामा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ खुवाइएको थियो । केन्द्रीय सदस्य आचार्यले सपथ खुवाएका थिए ।