इन्द्रेणी संवाददाता
दाङ, २० पुस । आउदो माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश नम्बर ५ बाट ९ जनाले मनोन्वयन दर्ता गराएका छन् । ३ पदका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी ९ जनाले मनोन्वयन दर्ता गराएका हुन् ।
नेकपाका तर्फबाट दाङबाट जगप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटटराई र कपिलवस्तुबाट विमला घिमिरेले मनोन्वयन दर्ता गराएका छन् । त्यस्तै नेपाली काग्रेसतर्फबाट दाङबाट गिरिवादेवी न्यौपाने, अर्घाखाँचीबाट बालकृष्ण पाण्डे र बाँकेबाट मेराजअहमद हलवाइले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी समाजवादीबाट बाँकेबाट सुनिल सिंघल वर्दियाबाट कृष्णप्रसाद यादवले दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुबाट शिव पौडेलले मनोन्वयन दर्ता गराएका छन् ।











