इन्द्रेणी संवाददाता
दाङ, ४ पुस । दाङको तुलसीपुरमा ट्याक्सी दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ भने सात जना घाइते र्भएका छन् ।
तुलसीपुरदेखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जीप तुलसीपुर ३ पैयाँखोरेमा दुर्घटना भएको थियो । मृत्यु हुनेमासल्यान कपुरकोट ४ वस्ने गीता बुढाथोकी रहेको बतायएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











