दाङ, ४ पुस । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) घोराही दाङले आज शुक्रवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खाजा वापतको रकम बितरण गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षता एंव घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा विद्यालयमा भएको कार्यक्रममा अभिभावकहरुलाई खाजा वापतको भत्ता बितरण गरिएको हो ।
घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षदेखि कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने वालवालिकाका अभिभावकहरुलाई खाता वापत प्रतिदिन प्रतिविद्यार्थी १५ रुपैयाका दरले साउनदेखि मंसिरसम्मको रकम बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष रमेशकुमार पाण्डेले आफ्ना वडाका विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि आफूले प्रयास गरिरहेको बताए ।
कक्षा ११ को पढाइ शुरु गरिने
यसैबिच सरस्वती माध्यमिक विद्यालय ब्यवस्थापन समितिको बैठकले आगामी शैक्षिक बर्षदेखि विद्यालयमा कक्षा ११ को पढाइ शुरु गर्ने निर्णय गरेको छ । विद्यालयको भौतिक अवस्थामा थप सुधार गरी आगामी शैक्षिक बर्षदेखि विद्यालयमा कक्षा ११ को पढाई शुरु गर्नका लागि अनुमति लगाएका प्रक्रिया शुरु गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए ।











