दाङ, ४ पुस । घोराही उपमहानगरपालिका वडा नं. १४ ले जेष्ठ नागरिकको सम्मान गरेको छ । जेष्ठ नागरिकको सम्मान स्वरुप वडा कार्यालयले घरमै पुगेर न्यानो कपडा वितरण गरिएको थियो ।
वडा कार्यालयले विपन्न दलित,जनजाति मुस्लिम र अन्य समुदायका जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।
आर्थिक वर्ष २०७६÷०७७ मा बिनियोजन गरिएको ६० हजार बजेटका माध्यमबाट ६० जना जेष्ठ नागरिकलाई फाईबर सिकर ,मेट्रास, लगाएतका विभिन्न सामग्री प्रदान गरिएको अध्यक्ष डाँगीको भनाइ छ ।
वडा कार्यालयले सुन्दरनगर, जागृति, ढोडेनी, स्वर्गद्धारी, राधाकृष्ण, खोलीगाउँ, गोर्खा, गणेश टोल एकता, श्रृजनशील, लिगुरास,सिद्धार्थ,राप्ती सेवार खोला नयाँ बसपार्क, जानकी, श्रीपुरा टोलका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो ।











