काठमाडौँ, २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शुक्रबार बस्दैछ । मङ्सिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो ।

CPN-Party-officeउपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्र बुझाउन मङ्सिर १८ गते बसेको सचिवालयको बैठकल निर्देशन दिएको थियो तर समयमा सबैको प्रतिवेदन नआएको भन्दै पाँच दिनभित्र सबैले आआफ्नो प्रतिवेदन बुझाउन मङ्सिर २३ गते बसेको सचिवालयको बैठकले दिएको थियो ।