कञ्चनपुर, २५ मंसिर । कञ्चनपुरको महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा घाँस दाउरा गर्न गएका स्थानीयलाई जंगली हात्तीले आक्रमण गरेको छ । हात्तीको आक्रमणबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् ।

1472301547elephant-terrorमृत्यु हुनेमा महाकाली नगरपालिका दोधारा चाँदनीका ५० बर्षिया हुलिदेवी बोहोरा र सोही ठेगानाको ३८ वर्षिया बसन्ती भट्ट रहेका छन् । आक्रमणबाट सोही ठेगानाका ३५ बर्षिया ललिता बोहोरा, ३४ बर्षिया सुनिता बिष्ट, ३२ बर्षिया उमा साउद र २४ बर्षिया सरिता ओझा गम्भर घाइते भएका छन् ।