घोराही, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घोराही उपमहानगरपालिका ४ लक्ष्मिपुर स्थित घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ ।

Shanta-Chaudhary1सोमबार दिउसो उनका आफन्तहरु सचेतक चौधरीको घरको बारीमा साग टिप्न जाँदा मुल गेटको ताला फोडिएको देखे चौधरीलाई खवर गरेका थिए । घरमा चोरी भएको आशंका लागेपछि चौधरीका आफन्तहरुले प्रहरीलाई खवर गरेका थिए । प्रहरी सहित घर भित्र पस्दा घरको सवै कोठाका दराजहरुको समेत ताला फोडेका, कोठभित्र रहेका सरसामान छरफस्ट अवस्थामा भेटिएका थिए ।

78486997_2488166044773315_3120680781521879040_nउपनिर्वाचन चुनावको मतगणना सकिलगत्तै एक साता अघि चौधरी काठमान्डौ गएकी थिइन । नेता चौधरी अहिले घर नभएको हुदाँ के के सरसामान घरमा थिए र के कस्ता वस्तु चोरी भए भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकिय सचिव सन्तोष दहितले जानकारी दिएका छन् ।