दाङ, २३ मंसिर । लैंगिक हिंसा विरुद्धाको १६ दिने अभियान अन्तर्गत आज सरोकारवालासँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ll१६ दिने अभियान सञ्चालन भइरहेको वेला समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ईलाका प्रहरी कार्यालय कमिरेचौरको आयोजनामा बंगलाचुलीमा जनचेतानामुलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले लैंगिक हिंसा अन्त्यका लागि आ–आफनो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए । लैंगिक हिंसा के कसरी हुन्छन् भन्ने विषयमा सबै सचेत भए यसखाले घटनामा कमी आउने उनीहरुको भनाइ थियो ।