सल्यान, २२ मंसिर । नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा सल्यानमा कर्णाली प्रदेश स्वगतद्वारको उद्घाटन गरिएको छ ।

IMG_20191207_125951जिल्लाको कपुरकोटमा निर्माण भएको स्वगत द्वारको शनिबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र गाउपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

संबिधान सभा सदस्य रहदा सांसद प्रकाश ज्वालाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको ६ लाख र कर्णाली सरकारको १० लाख रुपैयाँ गरि जम्मा १६ लाख रुपैयाँको लागतमा स्वागत गेट निर्माण भएको निर्माण समितिका अध्यक्ष भुवनेश्वर गौतमले जनाए । उक्त रकम मध्यबाटै गेट नजिक प्रतीक्षालय समेत निर्माण गरिएको छ ।