दाङ, १० मंसिर । मानवअधिकार रक्षक सञ्जाल दाङले आउँदो मंसिर १४ गते दाङमा हुन गइरहेको उपनिर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आग्रह गरेको छ ।
सञ्जालको मंगलबार घोराहीमा बसेको बैठकले निर्वाचन प्रजातान्त्रि प्रक्रियाको अनिवार्य शर्त भएको बताउँदै दाङ क्षेत्र नम्बर ३ (२) र घोराही उपमहानगरपालिकाको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आम सरोकारलालाई आग्रह गरेको हो ।
सञ्जालका संयोजक केशव कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका क्रममा सञ्जालले पनि अनुगमन गर्ने बताइएको छ । यस्तै विश्व मानवअधिकार दिवसका अवसरमा मङ्गसिर २५ गते घोराहीमा संविधानमा उल्लेखित महिला मानवअधिकार संग सम्बन्धित अधिकारहरुको कार्यान्वयनको अवस्था बारे बृहत अन्तरक्रिया समेत आयोजना गर्ने निर्णय गरिएको छ ।
अन्तरक्रिया कार्यक्रमको समन्वय गर्ने जिम्मा ओरेक नेपाललाई दिइएको छ । उक्त कार्यक्रममा जिल्लाका सरोकारवाmला निकाय र सेवाप्रदायक संस्थाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए ।











