घोराही, १० मंसिर । बबई गाउँपालिकामा रहेका चार वटा बिद्यालयमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । पञ्चकुले सिकाई केन्द्रको आयोजनामा आगामी मंसिर १४ गते हुने उपनिर्बाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम भएको हो ।

matadata 4बिद्यालयमा रहेका बिद्यार्थी मार्फत् समाजमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुने भन्दै मतदाता शिक्षा कार्यक्रम भएको हो । नमुना मतपत्रको आधारमा बिद्यार्थीलाई बदर मत घटाउनका लागि मतदाता शिक्षा कार्यक्रम भएको हो ।

पञ्चकुले सिकाई केन्द्रको आयोजनामा बबई गाउँपालिमा रहेका सरस्वती माबि चरकमटिया, भानुभक्त माबि कौशिलापुर, जनकल्याण माबि पदमपुर र सुधा शाह आधारभुत बिद्यालय छाउनीडाँडामा मतदाता शिक्षा कार्यक्रम भएको हो । कार्यक्रममा बिद्यार्थी, शिक्षक, सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

बिद्यालयमा रहेका बिद्यार्थीलाई मतदान गर्नका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानस्थलमा पुगी सक्नुपर्ने स्वस्तिक छाप मतपत्रको एउटा मात्र चिन्हमा लगाएर पट्याउने तरिका सिकाईएको थियो । मतदाताको मतलाई सदर गराउनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा पञ्चकुले सिकाई केन्द्रका अध्यक्ष प्रेमबहादुर राम्जा, सामाजिक परिचालक सबिता देबकोटा, पदमपुर सिकाई केन्द्रका सामाजिक परिचालक कमला केसीले नमुना मतपत्र सहित भोट हाल्ने तरिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बबई गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर डाँगी, सरस्वती माबिका शिक्षक बासुदेब मल्ल र सुधा शाह आधारभुत बिद्यालयका प्रधानाध्यापक भानुभक्त अधिकारीले बोल्नुभएको थियो । साथै बिद्यार्थीहरुले आफ्ना अभिभावक र गाउँ छिमेकमा मत बदर नहुने गरी सिकाउने प्रतिबद्धता जनाएका थिए ।