इन्द्रेणी संवाददाता
दाङ, १० मंसिर । दाङमा आज भएको वस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

accdentवंगलाचुली गाउँपालिका ६ वचेनीबाट घोराहीतर्फ आउदै गरेको ना ३ ख ६५४२ नम्बरको वस सडकबाट ५० मिटर तल खस्दा एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुने महिलाको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालकसहित १२ जना घाइते भएका छन् ।