शरद रेग्मी

दाङ, २९ असोज । तुलसीपुरका उद्योगपति एवं सफल ब्यवसायी बिमल रिजालले मंगलबार विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघमा आफुले उम्मेदवारी दिने तयारीमा रहेको घोषणा गरेका छन् ।

65016989_2347013105363929_4522717875424722944_nनेपाल उद्योग वाणिज्य संघका विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकालसहित दर्जनौं जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एव प्रतिनिधिहरुका बीचमा रिजालले यस क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

रोल्पा उद्योग वाणिज्य संघको साधारणसभामा सहभागी हुन पुगेका रिजालले अधिकांश जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँगको समन्वय र विशेष छलफलपछि उनले कार्तिक १९ गतेको विशेष साधारणसभा पछि लगत्तै हुने महाधिवेशनमा आफू ब्यवसायीहरुका बीचमा स्वच्छ प्रतिस्पर्धा भएमा मात्र भिड्न तयार रहेको समेत उनले बताए ।

तत्कालीन समयमा अध्यक्ष रिजालले तुलसीपुरमा तत्कालीन पूर्व मुख्यसचिव लिलामणि पौडेलसहित सामाजिक अभियान्ताहरुलाई दाङ ल्याएर ‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको सुरु गरेका थिए । यो अभियानले निरन्तरता पाउँदै १६४औं हप्तामा प्रवेश गरेको छ ।