काठमाडौं, २९ असोज। विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहले सांसद पदको हैसियतमा पाउने सेवा, सुविधा तथा अधिकार खोसिएको छ ।

Pramod-Sahसंसद सचिवालयले आज सूचना सार्वजनिक गरी साहले प्रतिनिधिसभा सदस्यको रुपमा पाउँदै गरेको अधिकार, सेवा तथा सुविधा नपाउने निर्णय गरेको जनाएको छ । साह सर्लाही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन् ।