काठमाडौं, २८ असोज। जनकपुरस्थित बुद्ध एयर एयरको काउण्टरमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहलाई प्रहरीले पक्राउ गरेकको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सांसद साहलाई आज पक्राउ गरिएको महानगरिय प्रहरीले जनाएको छ ।

Pramod-Sahसांसद साहले सोमबार विमान डिले (ढिलो) भएको भन्दै जनकपुरस्थित बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका थिए। उनी सर्लाही १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

यसैबीच वायुसेवा सञ्चालक संघले सोमवार जनकपुर विमानस्थलमा बुद्ध एयरको चेक इन काउन्टरमा भएको तोडफोड तथा बुद्ध एयरका कर्मचारीमाथि अभद्र व्यवहार भएको घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघले घटनाको सत्य तथ्य छानबिन गरी सात दिनभित्र दोषीलाई कारबाही नगरे सुरक्षाको कारणले जनकपुर विमानस्थलका सम्पूर्ण उडान स्थगित गर्ने चेतावनी दिएको छ ।