इन्द्रेणी संवाददाता
दाङ, २७ असोज । प्रहरीलाई झुक्याउदै फरार भएका अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

pakrauगत वर्ष कार्तिक २५ गते जिल्ला प्रशासनबाट सार्वजनिक नैतिकता विरुद्धको कसररमा पक्राउ परेका विष्णु बुढाथोकीलाई म्याद थपका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा लैजाने प्रहरीलाई झुक्याएर भागेका थिए । उनलाई प्रहरीले असोज २६ गते तुलसीपुर ५ वसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको शरीर खानतलासी गर्दा १ ग्राम ३४० मिलिग्राम लागुऔषध ब्राउन सुगर समेत बसामद गरिएको प्रहरीले जनाएको छ ।