इन्द्रेणी संवादाता
दाङ, २४ असार
सरकारले घोराहीबाट प्युठानको स्वर्गद्धारी जोड्ने द्रुत मार्गको योजना ल्याएको छ । घोराहीबाट मसीना हुदैँ स्वर्गद्धारी पुग्ने सबैभन्दा छोटो दुरीको सडक निर्माणको योजना ल्याईएको हो । आगामि आर्थिक बर्षमा दु्रत मार्गको सम्पुर्ण ट्रयाक खुलिसक्ने मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराहीका निमित्त प्रमुख जयन्द्र पौडेलले बताउनुभयो ।
अहिले घोराहीबाट होलेरी हुँदै स्वर्गद्धारी पुग्न करीब ६५ किलोमिटर लाग्छ । सडकको ट्रयाक खोल्न आगामि आर्थिक बर्षमा तीन करोड रुपैया बिनियोजन गरिएको छ । घोराहीबाट मसिना हँुदै स्वर्गद्धारी पुग्न प्राबिधिकहरुले २५ देखि ३० किलोमिटर दुरी पर्ने बताएका छन् ।
आगामि आर्थिक बर्षको शुरुवातमा नै सडकको बिस्तृत अध्ययन हुने प्रमुख पौडेलले जानकारी दिनुभयो । यस अधि सञ्चालन भईसकेका सडक जोडिने भएकाले सडकलाई थोरै मात्रै ट्रयाक खोल्नुपर्ने उहाले बताउनुभयो । स्वर्गद्धारी देखि ८ किलोमिटर खण्डको प्युठान डिभिजनले ट्रयाक खोलिसकेकाले अब बिच भागको १०÷१२ किलोमिटर खण्डमा मात्र ट्रयाक खोल्न बाँकी रहेको पौडेलले बताउनुभयो ।।