अभिलाष राजभण्डारी
दाङ, २४ असार इस्लाम धर्मावलम्बीहरुले बिहिवार आफ्नो महान पर्व इद मनाएका छन् । एक महिना रोजा वर्त सकिएपछि यो पर्व मनाइन्छ । घोराही स्थित जामे मस्जिद अलसल्फीया सहित देशभरका मस्जिदमा बिहान इदको नमाज पढेपछि शुभकामना आदान- प्रदान गर्दै मुसलमानहरूले खुसियाली मनाए ।
इद खुसी साट्ने पर्व हो र तीन दिनसम्म मनाइन्छ । एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने, दान गर्ने प्रचलन छ ।मस्जिद वा इदमा नमाज पढ्न बनाइएको खुला ठाउँ मा भेला भएर इदको नमाज पढ्ने चलन छ । इदको नमाजपछि एकापसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदान प्रदान गरिन्छ ।
बिहानै नुहाइ धुवाइ, सफा र राम्रा कपडा र अत्तर ९बास्नादार चिज० लगाएर सेबई, फलफूल वा अन्य मिठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जान्छन् । इदको नमाज पढ्नुअघि हरेक व्यक्तिले आफ्ना परिवारका तर्फबाट ुसद्काए फित्राुस्वरूप रकम तिर्नुपर्ने हुन्छ । त्यो रकम अलग्गै जम्मा गरिन्छ । यस्तो रकम गरिब, असहाय, विपन्न, मिस्किनले मात्रै प्रयोग गर्न सक्छन् ।