इन्द्रेणी संवाददाता
तुलसीपुर , असार २३ । पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुर सम्मानित भएको छ । शिक्षाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै ज्ञानज्योतिलाई शिक्षा सेवा सम्मान २०७३ बाट सम्मान गरिएको हो । २०७२ सालमा देशभरबाट विद्यार्थी संख्या, शैक्षिक गुणस्तर र उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरु मध्येबाट ज्ञानज्योति छनोटमा परेको थियो ।
काठमाडौमा आयोजित विशेष समारोहमा उपप्रधान एवम् वालवालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले विद्यालयका प्राचार्य सुरेन्द्र जिसीलाई विहीवार सम्मान गरेका हुन । शिक्षाको क्षेत्रमा क्रियाशिल फोकस नेपालले देशभरबाट १७ वटा उच्च माविलाई त्यस्तो सम्मान गरेको हो । यस अघि ज्ञानज्योतिले थप तीन पटक यस्तै सम्मान प्राप्त गरिसकेको छ । २०६५ सालमा स्थापना भएको यस उच्च माविले उत्कृष्ट नतिजा ल्याउदै आएको छ । अहिले ज्ञानज्योति उच्च माविले पाँच वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको छ ।