इन्द्रेणी संवाददाता
दाङ, ३ भदौ । दाङमा गएराति एक एनसीएल टावरमा आगजनी भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैँचामा रहेको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आगजनीबाट टावरलाई विद्युत सप्लायर्सका लागि राखिएको जेनेरेटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी राति १ बजेको समयमा भएको र कसल किन लगाएको भन्नेबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएपी विनोद विक्रम शाहले बताए । आगजनी विप्लव समूहले गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।











