दाङ, २१ साउन । तुलसीपुरबाट नारायणपुरतर्फ आउँदै गरेको ना ६ ख ६४३१ वस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । वसले सोही दिशातिर गइरहेको अर्काे गाडीलाई ओभरटेक गर्न खोज्दा गुर्जे खोला नजिकै वस दुर्घटना भएको हो ।

accdentदुर्घटनामा घाइते भएकोहरुको अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटना आज दिउसो १ बजेतिर भएको हो ।