इन्द्रेणी संवाददता
तुलसीपुर २२ असार ।
मुस्लिमहरुको पर्ब ईद उद फितरले दाङका सामुदायीक बिद्यालयमा आज देखी हुने भनिएको त्रैमासिक परिक्षा प्रभाबित भएको छ ।सरकारले आज सार्बजानिक बिदा दिएपछि दाङको तुलसीपुर र घोराही क्षेत्रअन्तरगतका बिद्यालयमा परिक्षा स्थगित भएको छ ।
उता देउखुरीमा भने आजको परिक्षा स्थगित नहुने देउखुरी स्तरिय परिक्षा समितीका संयोजक शशिधर ज्ञवालीले जानकारी दिनुभयो । यता तुलसीपुरको आज बिहिबार स्थगित भएको परिक्षा यहि असारको २९ गते हुने पश्चित स्तरिय परिक्षा समितीका संयोजक बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
घोराहीमा बिहिबार स्थागित भएको परिक्षा आउदो साउन २ गते हुने नेपाल शिक्षक संघका अध्यक्ष अर्जुन योगीले जानकारी दिनुभयो ।