दाङ ,२ जेठ शिक्षामन्त्री गिरिराजमनी पोख्रेलका प्रमुख सल्लाहकार जीवन गौतमले प्राबिधिक शिक्षाका माध्यमबाट स्वरोजगार बन्न बिद्यार्थीहरुलाई सुझाव दिएका छन् ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका गौतमले प्राविधिक तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीको आंगिक शिक्षालयको रुपमा स्थापित दाङ घोराहीको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका बिद्यार्थीहरु संग अन्तरक्रिया गर्दै त्यस्तो कुरा बताएका हुन् ।
सिटिइभिटीको आंगिक शिक्षालय दाङको घोराहीमा स्थापित गर्न निकै महत्वपूर्ण भूमिका खेलेका युवा नेता गौतमले राष्ट्रबाटै शैक्षिक बेरोजगारी हटाउने उद्देश्यले देशका विभिन्न ठाउँमा आंगिक शिक्षालय संचालन भइरहेकाले दुरदराजका गरिव तथा बिपन्न बर्गका विद्यार्थीहरुका लागि प्राबिधिक शिक्षालय बरदान भएको कुरा बताएका हुन् ।
नेपालको इतिहासमा सिटिइभिटीद्वारा संचालित शिक्षालयहरु धेरै अगाडीबाट नै संचालित भएपनि निश्चित स्थानमा मात्र शिक्षालय भएकाले दुरदराजका गरीब तथा बिपन्न बर्गका विद्यार्थीको पहुँचमा पुग्न नसकेकाले अब गाउँ केन्द्रीत शिक्षालय संचालन गर्ने मन्त्रालयको योजना रहेको समेत नेता गौतमले बताए ।
हाल गरिव तथा बिपन्न बर्गका विद्यार्थीहरुका लागि निशुल्क तथा कम शुल्कमा वन बिज्ञान तथा निशुल्क रुपमा फुड एण्ड डेरी कार्यक्रम संचालन भइरहेको शिक्षालयमा दुवै कक्षाका विद्यार्थीहरु संग अन्तरक्रिया गर्दै नेता गौतमले सरकारले बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्न गरेको लाखौँको लगानी सदुपयोग गर्न सुझाएका थिए । अन्तरक्रियामा विद्यार्थीहरुले आफुहरुले निशुल्क रुपमा प्राबिधिक शिक्षा अध्यन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
हाल २ वटा बिषयमा मात्र अध्यापन भइरहेको शिक्षालयमा आगामी शैक्षिक सत्र देखि फार्मेसी, होटेल म्यानेजमेन्ट र आर्किटेक बिषयको समेत अध्ययन अध्यापन गरिने योजना रहेको शिक्षालयका प्रमुख यादव सुबेदीले बताए ।
दाङलाई शैक्षिक हवको रुपमा बिकास गरेर अगाडी बढाउने योजना गरेका नेता गौतमले दाङमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापित गर्दा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
हाल दाङका विभिन्न सरकारी बिद्यालयमा प्राबिधिक शिक्षाका कक्षाहरु थप गर्न पहल गरेका नेता गौतमले अब निकट भविष्यमै दाङमा सरकारी कलेजमा इन्जिनियरिङ बिषयको समेत अध्यन अध्यापन गर्न स्विकृती प्रदान गर्न आफु लागिपरेको बताए । त्यस अवसरमा नेता गौतमले शिक्षालयको नवनिर्मित भवनको समेत अवलोकन गरेका थिए ।











