दाङ, २७ बैशाख । दाङको घोराहीस्थित दुई ठूलो लगानीका होटल सिटी प्लाजा र होटल मालाइनलाई थ्री स्टारको प्रमाणपत्र प्रदान गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङ तुलसीपुरले जिल्लाका विभिन्न १० वटा ठूलो होटलहरुको अवस्थाबारे स्थलगत अनुगमन गर्दै होटल मालाइन र सिटी प्लाजालाई थ्री स्टारको प्रमानपत्र प्रदान गरेको हो ।











